आन्तरिक राजस्व कार्यालय, महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ।
श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
विशेष सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट खटिई गएको टोलीले प्रधानलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा गत साउन १८ गते नियन्त्रणमा लिएको थियो।
उनीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।
123
Shares

प्रतिक्रिया