अभिनेत्री स्वस्तिमा खड्का आइतबार साँझ सामाजिक सञ्जालमा एक्सन अवतारमा देखा परिन्।
लडाकु स्टाइलमा प्रस्तुत भएकी स्वस्तिमाका दुवै हातमा बन्दुक देखिन्छ।
स्वस्तिमाको यो अवतार धेरैले मन पराएका छन्। ‘बी अ लेडी : दे सेड’ क्याप्सन सहित सार्वजनिक भएको यो तस्बिर कुन उद्देश्यले खिचिएको हो भनेर खुलाइएको छैन।
यो फोटोका कारण स्वस्तिमा अहिले सामाजिक सञ्जालमा ट्रोलको पात्र बनिरहेकी छिन्। उनले यो स्टाइल एन्जेलिना जोली अभिनित हलिउडको चर्चित एक्सन फिल्म ‘टम्ब रेइडर’बाट प्रभावित भएर फोटो खिचाएको भन्दै धेरैले आलोचना गरिरहेका छन्।
477
Shares

प्रतिक्रिया