कोरोना भाइरसको संक्रमण आज १०४ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा ३ हजार ५८७ परीक्षणमध्ये १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आज २०१ कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ।
सक्रिय संक्रमितको संख्या २ हजार ३१६ पुगेको छ। आज कोरोना भाइरसको संक्रमणबाट १ जनाको निधन भएको छ। अहिलेसम्म संक्रमणबाट निधन हुनेको सङ्ख्या १२ हजार १४ पुगेको छ।
५०० भन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन्।
संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन्।
Shares

प्रतिक्रिया