ad ad

समाज


दोलखामा स्काभेटर दुर्घटना हुँदा १ को मृत्यु, ३ गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो

दोलखामा स्काभेटर दुर्घटना हुँदा १ को मृत्यु, ३ गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ४:३८,

दोलखाको भीमेश्वरमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

दोलखा जिल्ला प्रहरी कार्यालयका प्रहरीले बिहीबार बिहान टेलिफोनमा नेपालखबरलाई दिएको जानकारीअनुुसार राति साढे ९ बजेतिर भीमेश्वर गाउँपालिका २ तिखातल भन्ने स्थानमा जेसीभी आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा दोलखाकै बिगु गाउँपालिका ८ खोपचापुका अन्दाजी २३ वर्षीय राजु थामीको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थामा उपचारका लागि दोलखाकै चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटैमा राति १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार स्काभेटर चालक दोलखाकै कालिञ्चोक गाउँपालिका ४ चिउरखीखर्कका २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका ७ अम्बा टोलका २७ वर्षीय विजय श्रेष्ठ र भीमेश्वर गाउँपालिका २ का १६ वर्षीय सुमन थामी गम्भीर घाइते भएका हुन्।

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि तीनै घाइतेलाई काठमाडौं पठाइएको दोलखा प्रहरीले जानकारी दिएको छ।

अहिले उनीहरूको उपचार ग्रान्डी र शिक्षण अस्पतालमा भइरहेको बताइएको छ।

दोलखा प्रहरीका अनुसार घाइते विजयको घुँडामुनिको भाग छिनेको छ।

दोलखा भीमेश्वर २ को गौतमटोलबाट दोलखा मन्दिर जाँदै गर्दा दुर्घटनामा परेको स्काभेटरको नम्बर भने नखुलेको प्रहरीले जनाएको छ। स्काभेटरको नम्बर प्लेट नै नरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .