ad ad

समाज


बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
असार २०, २०८१ बिहिबार २२:९, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न बिहीबार अदालतमा हाजिर गराएको थियो।

६२ वर्षीय झालाई यसअघि ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो।

गएको शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका उनलाई आइतबार काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरुयता झा फरार थिए।

उनको संलग्नता देखिएपछि प्रहरीले पुरक जाहेरीमार्फत् उनीमाथि अनुसन्धान अघि बढाउनेगरी अन्यमाथि मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .