ad ad

कारोबार


विना ब्याजमै हुन्डाईको कोना ईभी किन्न पाइने, डाउनपेमेन्ट कति?

विना ब्याजमै हुन्डाईको कोना ईभी किन्न पाइने, डाउनपेमेन्ट कति?

नेपालखबर
असार २०, २०८१ बिहिबार १२:५, काठमाडौँ

अब विना ब्याजमा हुन्डाईको कोना गाडी किन्न सकिने भएको छ। 

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी खरिदमा शून्य प्रतिशत ब्याजदरको योजना सार्वजनिक गरेको हो। 

हुन्डाईले कोनामा शून्य उत्सर्जन शून्य ब्याज योजना ग्राहकमाझ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत इच्छुक ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्। 

कम्पनीका अनुसार हुन्डाई कोना २ वटा भेरियन्टमा उपलप्ध छ। कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ छ। 

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ। यसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्नेछ। कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ। 

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ। विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पमा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजाअनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशतभन्दा बढी पाइएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो। 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। 

ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .