ad ad

छापा खबर


तीन बालिकालाई सँगै राखेर एयरपोर्टको गेस्ट हाउसमा अमेरिकी नागरिककाे याैन लिला

 तीन बालिकालाई सँगै राखेर एयरपोर्टको गेस्ट हाउसमा अमेरिकी नागरिककाे याैन लिला

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ४:३४,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सूचना थियो– अमेरिकी नागरिक जासन लियोड मुडी केही बालक लिएर होटेलमा जान्छन्, उनी बाल यौनदुराचारी हुन सक्छन् ।

यही सूचनाका आधारमा सिआइबी टोली आइतबार साँझ एयरपोर्टस्थित मेमोरियल गेस्टहाउसको १०४ नम्बर कोठामा पुग्यो ।

प्रहरी पुग्दा जासन आपत्तिजनक अवस्थामा भेटिए । तर, उनको कोठामा बालक होइन, तीन बालिका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

आर्थिक अवस्था कमजोर भएका तीन बालिकालाई पैसाको लोभमा उनले होटेलमा लगेर अर्धनग्न बनाई दुराचार गरेको खुल्यो । एक बालिकालाई बलात्कार गरेर र अन्य दुईलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । यसअघि चार बालकमाथि पनि यौनदुराचार गरेका थिए ।

खासगरी सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीका बालबालिकालाई खेलकुद सामग्री, खानेकुरा र पैसा दिएर उनले नजिक्याएका थिए । बालबालिका नजिकिएपछि होटेलमा लैजाने गरेको प्रहरीले जनाएको छ ।

सातै बालबालिकाले जासनविरुद्ध जाहेरी दिएको सिआइबीका एसपी बेलबहादुर पाण्डेले बताए । उनीबाट अरू पनि पीडित हुन सक्ने प्रहरी आशंका छ । उनीविरुद्ध तीन बलात्कार तथा चार बाल यौनदुराचारसम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

४० वर्षीय जासन सन् २०१४ देखि नै नेपाल आउने गरेका थिए । २०१६ मा नेपाल आउँदा चार महिना बसेका थिए । त्यस्तै, २०१७ मा पनि चार महिना बसेका थिए । पछिल्लोपटक अगस्टमा आएका उनी विश्वभाषा कलेजमा पनि पढ्ने गरेको खुलेको छ ।

विद्यार्थीको आवरणमा बसेर उनले बाल यौनदुराचारसम्बन्धी अपराध गर्दै आएको एसपी पाण्डेले बताए । जासनसँग पर्यटक र विद्यार्थी दुवै भिसा रहेको पाण्डे बताउँछन् । नेपालको कानुनअनुसार एकसाथ यसरी दुई भिसा लिन मिल्दैन ।

अमेरिका, भारतलगायत देशमा पनि उनीविरुद्ध मुद्दा चलिसकेको प्रहरीले जनाएको छ । अमेरिकामा उनले घरेलु हिंसासम्बन्धी मुद्दा खेपेका थिए । भारतमा यौनदुराचार मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपालमा विभिन्न देशका यौनदुराचारी आउने गरेका छन् । गरिब देश भएकाले सहयोगको आवरणमा सजिलै बच्चासँग नजिकिन सकिने र समाजमा बाल यौनदुराचारबारे ज्ञान नभएकाले बाल यौनदुराचारीहरू नेपाल आउने गरेका छन् ।

खासगरी कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकालाई उनीहरूले आफ्नो निशाना बनाउने गरेका छन् । समाजसेवीको आवरणमा यौनदुराचार अपराधमा संलग्न १० जना विदेशी हाल नेपालको जेलमा छन् । जसमा कतिपय उच्च पदमा पुगेका व्यक्तिसमेत छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .