ad ad

समाज


नेपाल प्रवेश गर्‍याे शक्तिशाली पश्चिमी वायु, सतर्कता अपनाउन आग्रह

नेपाल प्रवेश गर्‍याे शक्तिशाली पश्चिमी वायु, सतर्कता अपनाउन आग्रह

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ०:२९,

नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ। यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ।

बिहीबार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिएको महाशाखाको मौसमविद्को अनुमान छ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविद्को भनाइ छ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ : उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।

यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने मौसमविद्को अनुमान छ।

यस्ताे छ आगामी ३ दिनकाे माैसमी अनुमान (माैसम पूर्वानुमान महाशाखा)

मंसिर २६ गते (बिहीबार)
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहनेछ पश्चिम भेगका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने देखिन्छ।

राति : देश भर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानमा साथै पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

मंसिर २७ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बली रही देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने देखिन्छ।

राति : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै स्थान साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

मंसिर २८ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वका केही स्थानमा साथै पश्चिम थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

राति : देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .