ad ad

राजनीति


जन्मदिनका अवसरमा प्रचण्डलाई बाबुरामको उपहार!

जन्मदिनका अवसरमा प्रचण्डलाई बाबुरामको उपहार!

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ०:५६,

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालका सहयाेद्धा हाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धकालको स्मरण गराउँदै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन्।

प्रचण्डको जन्मदिन मंसिर २६ गते हाे। २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड ६५ वर्ष पूरा भई ६६ वर्षमा प्रवेश गरेका छन्। 

भट्टराईले त्यसकाे पूर्वसन्ध्या मंसिर २५ गते राति जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राख्दै प्रचण्डलाई जन्मदिनको सांकेतिक शुभकामना दिएका हुन्।

 

‘जनयुद्धकालमा गाउँले जनतासँग प्रचण्ड र म’ स्टाटस लेख्दै उनले फेसबुकमा जनयुद्धकालीन तस्बिर सेयर गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .