ad ad

समाज


बालेन्द्रकै शैलीमा ललितपुर महानगरले भत्कायो आफैंले भाडामा लगाएको घर (तस्बिरहरु)

बालेन्द्रकै शैलीमा ललितपुर महानगरले भत्कायो आफैंले भाडामा लगाएको घर (तस्बिरहरु)

फुटपाथ मिचेर बनाइएको घरको संरचना भत्काउँदै ललितपुर महानगरको टोली। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १४:३९, काठमाडौँ

ललितपुर महानगरपालिकास्थित लगनखेलमा महानगर आफैँले भाडामा लगाएको घरको संरचना भत्काएको छ। 

ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार शुक्रबार बिहान उक्त भवन भत्काइएको हो।

क्वालिटी क्याफे एण्ड गेस्ट हाउस रहेको उक्त घरले फुटपाथ ओगटेर संरचना बनाएपछि महानगरले कारबाही गरेको हो। 

‘त्यो भवन महानगरले नै भाडामा दिएको थियो,’ हाछेथुले नेपालखबरसँग भने, ‘तर त्यहाँ अनधिकृत रुपमा फुटपाथ मिचेर संरचना बनाइएको रहेछ। त्यसपछि हामीले संरचना भत्काएका हौं।’

महानगरपालिकाले पाकिङका लागि पास भएका तर अन्य संरचना बनेका ठाउँमा दशैंसम्मका लागि हटाउन निर्देशन गरिएको उनले बताए।

‘हाम्रो महानगरमा ठूला ठूला धेरै संरचनाहरु छैनन्, यदी अनधिकृत संरचनाहरु, निर्माण भएको, फुटपाथ ओगटेको रहेछ भने दशैंसम्मको समय दिएका छौं।’ हाछेतुले भने। 

दशैंमा नेपालीहरुको कमाइखाने भाँडो नै व्यवसाय भएका कारणले दशैंसम्मको समय दिइएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .