राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गरेकी छन्।
बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन्।
नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन्।
संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो।
‘वुमन इन मेडिसिन अवार्ड’ पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह छन्।
त्यस्तै, ‘वुमन इन मेडिसिन लाइफटाइम अवार्ड’ पाउनेहरु विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरु छन्।
Shares

प्रतिक्रिया