ad ad

समाज


बुद्धनगरको निर्माणाधीन घरबाट हामफाल्ने दुवैजना कक्षा ९ का विद्यार्थी

प्रहरी भन्छ : उनीहरुले लिएको निर्णयको कारण खुलेको छैन
बुद्धनगरको निर्माणाधीन घरबाट हामफाल्ने दुवैजना कक्षा ९ का विद्यार्थी

दुई किशोर किशोरी हामफालेको निर्माणाधीन घर। तस्बिर : रुपक चौलागाईं/नेपालखबर


नेपालखबर
भदौ १५, २०७९ बुधबार १९:६, काठमाडौँ

काठमाडौंको बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट बुधबार साँझ ५ बजेर ५० मिनेटमा दुईजना किशोर किशोरीले एकसाथ हामफालेका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार उक्त निर्माणाधीन पाँच तलेघरबाट उनीहरुले एकसाथ हामफालेको खुलेको छ।

हामफाल्ने ती किशोर किशोरीमा १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैशावाल छन्। पाँच तल्लामाथिबाट हामफालेका उनीहरुको अवस्था गम्भीर रहेको छ।

उनीहरु दुवैजना बानेश्वरस्थित पाठशाला स्कुलको कक्षा ९ का विद्यार्थी रहेको ती प्रहरी अधिकारीले बताए। दुवैजनाले हामफाल्नुको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। 

उनीहरुलाई स्थानीयबासी र प्रहरीले घटनास्थलबाट उद्धार गरेर उपचारका लागि बानेश्वरस्थित निजामती अस्पतालमा भर्ना गरिएको छ। 

बुटवल पावर कम्पनी नजिकैको निर्माणाधीन घरबाट दुवैले हामफालेपछि तत्कालै स्थानीबासी पुगेका थिए। त्यसपछि प्रहरी टोली पुगेर अस्पताल पठाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .