पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्माले सत्तामा पुगेपछि आफ्नो युगको सुरुवात गरेको बताएका छन्।
बुधबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा खनाले यस्तो बताएका हुन्।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘एमालेका अध्यक्ष ओली एमालेको नेतृत्वमा आएपछि पार्टीको कार्यदिशा नभई आफ्नै युगको सुरुवात गरे। पार्टीलाई संकटमा पुर्याउने काम मात्रै गरे। ओलीले अरु नेताको कुरा नै सुनेनन्, बरु उल्टै पार्टी कमिटीको नीति र एजेण्डाको वेवास्ता गरे।’
साथै खनालले ०७४ को स्थानीय र प्रदेशको चुनावबारे पनि ओलीको रणनीतिको बारेमा कार्यकर्तालाई जानकारी गराए।
उनले ०७४ को स्थानीय चुनावमा नतिजा कमजोर आएपछि ओली आत्तिएको बताए।
ओलीलाई इन्कार गर्दै खनालले समाजवादी क्रान्तिसँगै जनतालाई सुखी र समृद्धि बनाउने नभई बालुवाटार कसरी छिर्नेतर्फ बढि केन्द्रित भएर माओवादीसँग ओलीले एकता गरेको आरोप लगाए।
Shares

प्रतिक्रिया