समाज


बालाजु पुग्यो बालेन्द्रको डोजर

बालाजु पुग्यो बालेन्द्रको डोजर

तस्बिर : विशाल कार्की


नेपालखबर
भदौ ११, २०७९ शनिबार ९:३९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आजपनि अवैध घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ। अवैध र अनधीकृत रुपमा प्रयोग भएका बालाजु बनस्थली क्षेत्रका घर टहरा भत्काएको हो। 

महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा भएका घर टहरा भत्काइएको हो। ‘हामी बिहानैदेखि बालाजु र बनस्थली आसपासका क्षेत्रका टहराहरु भत्काइरहेका छौं,’ पाण्डेले नेपालखबरसँग भने।

महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले बनस्थली चोकमा रहेका टहरा भत्काएको हो। 

डोजर चलाउने क्रममा केही स्थनीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad