समाज


बालेन्द्र ‘एक्सन’ को प्रभाव : राहदानी विभागले खोल्यो पार्किङ

बालेन्द्र ‘एक्सन’ को प्रभाव : राहदानी विभागले खोल्यो पार्किङ

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १६:४४, काठमाडौँ

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ सेवाग्राहीका लागि खुला गरिएको छ। 

विभागले शुक्रबार सूचना प्रकाशित गरी आगामी आइतबार (भदौ १२) देखि पार्किङ खुला गरिने जानकारी गराएको हो। 

शुक्रबार विहान महानगर टाेलीले सो क्षेत्रको अनुगमन गरी पार्किङ खुल्ला गर्न आग्रह गरी कुर्ची हटाएको थियाे।

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वमा पुगेको टोलीले विभागले अटेरी गरेपछि पार्किङमा राखिएका कुर्सीसहितका सामान हटाएर खाली गरेको हो।

त्यसक्रममा राहदानी विभागमा महानिर्देशक सुरेन्द्र कुमार यादवले मानवीय सहायताका लागि बेसमेन्टमा कुर्सी राखिएको तर्क गरेका थिए। 

तर पार्किङको स्थान अरु कामका लागि प्रयोग गरिँदा हजारौँ सेवाग्राहीका सवारीसाधन सडकमै राखिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको थियो।

काठमाडौं महानगरले अवैध रुपमा बनाइएका संरचना भत्काउन ३५ दिने सूचना प्रकाशित गरी डोजर चलाउन थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad