त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवैध अमेरिकी डलरसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
राहदानी नम्बर एएस ६९७४३८४ वाहक ३८ वर्षीय आघा जिसम हैदरलाई अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित प्रहरीले विमानस्थलबाट आइतबार बेलुका पक्राउ गरेको हो।
मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

प्रतिक्रिया