कारोबार


सेयरबजार दाेहाेराे अंकले बढ्याे, नेपाल बैंककाे २ कराेडकाे सेयर बिक्री

सेयरबजार दाेहाेराे अंकले बढ्याे, नेपाल बैंककाे २ कराेडकाे सेयर बिक्री

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ११:१९,

धितोपत्र बजारमा आज सेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ। धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ।

नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको छ। कुल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भयो।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै सेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर बढेको छ। अन्य ०.७४ विन्दुले घटेको छ भने सामूहिक लगानी कोष तटस्थ देखिएको छ। बैंकिङ ७.९१, व्यापार १६.६३, होटल १३.०६, विकास बैंक २८.१५, जलविद्युत् १६.८, वित्त ७, निर्जीवन बीमा १५६.३४, उत्पादन २९.७३, लघुवित्त ५०.४३ र जीवन बीमा ६०.९८ विन्दुले बढेको छ।

कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको दुई करोड २८ लाख ७० हजार ८९४ मूल्य बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रह्यो। एनएमबी बैंक रु एक करोड ८६ लाख ५७ हजार ७००, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ७० लाख ४६ हजार ८९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था एक करोड ६६ लाख ८९ हजार ३०२, हिमालयन डिस्टिलरी एक करोड २२ लाख ३७ हजार १३५ र प्रभु बैंक रु एक करोड १७ लाख ५४ हजार ९२७ को कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए। नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.८०, मिथिला लघुवित्त वित्तीय संस्था ९.५२, आँधीखोला लघुवित्त वित्तीय संस्था ८.७१ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.६५ प्रतिशतले कमाए। त्यस्तै, नबिल इक्विटी फण्ड ५.७४, सिभिल बैंक २.१२, एनआइसी एशिया ब्यालेन्स फण्ड १.९१, ग्लोबल आइएमई समुन्नत स्किम एक १.९१, सिद्धार्थ इक्विटी फण्ड १.८९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.७३ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad