ad ad

समाज


निहारिका प्रकरणमा सफाइ पाएका शिवराज किन पक्राउ परे?

निहारिका प्रकरणमा सफाइ पाएका शिवराज किन पक्राउ परे?

नेपालखबर
भदौ १, २०७९ बुधबार १४:४५, काठमाडौँ

निहारिका राजपुतले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

यसअघि अदालतबाट सफाइ पाएपछि उनी थुनामुक्त भएका थिए। अदालतबाट न्याय नपाएको भन्दै निहारिकाले आत्मदाहसम्मको प्रयास गर्दा पुनः श्रेष्ठ पक्राउ परेका हुन्। 

तर पक्राउ परे पनि प्रहरीले निहारिकाको मुद्दामा भने कारबाही अगाडि बढाउने तयारी गरेको छैन। उनीविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले बताए। 

‘उहाँले फेसबुकमा जथाभावि लेखेको देखेपछि हामीले सोधपुछका लागि उहाँलाई बोलाउन खोजेका थियौं। तर उहाँले प्रहरीमाथि नै अभद्र व्यवहार गर्नु भयो। यही मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेका छौं’, डीएसपी क्षेत्रीले नेपालखबरसँग भने। 

 

 

निहारिकाले शिवकुमारले बलात्कार गरेको र बलात्कारपछि जन्मिएको छोरा उनैको भएको आरोप लगाउँदै आएकी छन्। अदालतले बलात्कारको मुद्दामा श्रेष्ठलाई सफाइ दिएपछि निहारिकाले बच्चा र श्रेष्ठको डीएनए परीक्षणको माग गरेकी छन्। 

गृहमन्त्री बालकृष्ण खाँणले पनि निहारिकाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आमरण अनसन तोडाएका थिए। तर त्यसपछि पनि माग सम्बाेधन नभएको भन्दै उनले पुनः आन्दोलन थालेकी छन्।

गतसाता आत्मदाहका लागि मट्टितेल खन्याएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। 

काठमाडौंमा निहारिकाले आन्दोलन चर्काउँदै गर्दा जनकपुरका शिवराजले पनि आफू डीएनए गर्न तयार रहेको बताएका थिए। उनी मिडियामा आएर प्रतिक्रिया दिएको भोलिपल्टै प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला अदालत धनुषाले सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको छ। उच्च अदालतले सुनुवाइ गरिसकेको छैन। मुद्दा अदालतमा विचाराधीन हुँदा सोही विषयमा कारबाही गर्न प्रहरीलाई अप्ठेरो परेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .