ad ad

जीवनशैली


निहारिकालाई छोरी बनाउने करिश्माको प्रस्ताव

निहारिकालाई छोरी बनाउने करिश्माको प्रस्ताव

नेपालखबर
असार ३, २०७९ शुक्रबार ८:२, काठमाडौँ

केही दिन अघि मात्रै अस्पतालको गाडी दुरुपयोग गरेको भन्दै विवादमा तानिएकी करिश्मा मानन्धरको पुनः आलोचना सुरु भएको छ। 

बिहीबार न्यायका लागि अनशन बसिरहेकी महोत्तरीकी निहारिका राजपुत र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको स्टाटस पोस्ट गरेपछि सामाजिक संजालमा उनको आलोचना सुरु भएको हो।

धेरैले उनको समर्थन गरे पनि केहीले विरोध गरेका छन्। कतिपयले करिश्माले निहारिकाप्रति देखाएको उक्त सहानुभूति ठिकै जस्तो लागे पनि उनको भावुकतासँग जोडेर हेरेका छन्। 

तर, निहारिकाको अहिलेको समस्या घर ल्याएर पाल्नु नभएर न्यायको लागि पहलको खाँचो भएको टिप्पणी भइरहेकाे छ।

कलाकारहरूमा संवेदनशीलता भावुकता मात्रै भएर नपुग्ने हिंसाप्रतिरोधी विद्रोही चेतनाको निर्माण गर्नुपर्ने सुझाव उनलाई दिएका छन्।

हरेक ठाउँमा पहुँच भएकी करिश्माले पाल्छु भन्नुको सट्टा न्यायका निम्ति पहल कदमी चाल्नु पर्ने बताइएको छ। 

निहारिकाले कसैबाट लालनपालन नखोजेको आफ्नो अपराधीलाई सजाय होस् भनेर अनशन बसेको बताउँदै करिश्माहरुले अरु महिलालाई पनि अपराध सहेर कोही नबसौँ लडौँ भन्ने चेतनाको विकास गर्न सहयोग गर्नु पर्ने सुझाव आएको छ। 

करिश्माले सामाजिक सञ्जालमा निहारिकाले आफ्नो प्रस्ताव स्वीकार गर दुईवटी छोरी भएको आफूले महसुस गर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेकी थिइन्। 

उनले आफ्नी छोरीकै उमेरकी निहारिका समस्यामा रहेको र उनका लागि आफू साहारा बन्न चाहेको बताएकी थिइन्।

करिश्माले भने न्यायसँगै उनको लालनपालन र छोराको शिक्षा पनि ठूलो रहेको बताउँदै आफू त्यो जिम्मेवारी पूरा गर्न तयार रहेको बताउँछिन्।

करिश्मा भन्छिन् ‘उनका लागि सबैले आवाज उठाउनुपर्छ। म मेरो तर्फबाट सहयोग गर्छु। उसलाई म छोरी सरह बनाएर राख्छु। उनको बच्चालाई राख्छु।’ निहारिकालाई आर्थिक सहयोग समेत गरेकी करिश्माले सामाजिक संजालमा लेखेकी छिन् ‘मेरो एउटा छोरी थियो, तिमी भयाै भने दुईवटा हुन्छ। बच्चा लिएर घर आउ, म छु।’

२१ महिने छोरो सहित न्यायका लागि अनसन बसेकी निहारिकालाई अनशन बसेर आफ्नो स्वास्थ्यलाई कमजोर बनाएरभन्दा स्वस्थ भएर न्यायका लागि लड्न करिश्माको सुझाव छ।

सरकारसँगको पाँच बुँदे सहमतिपछि निहारिकाले बिहीबार साँझ अनशन तोडेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .