समाज


न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट, १ को मृत्यु, कैयौँ पर्यटक बेपत्ता

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट, १ को मृत्यु, कैयौँ पर्यटक बेपत्ता

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ७:१८,

न्युजिल्यान्डको ह्वाइट आइल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। बेपत्ता हुनेहरुको संख्या एकीन भएको छैन।

स्थानीय समयअनुसार दिउँसको २ बजे ज्वालामुखी विस्फोट भएको स्थान पर्यटकीय गन्तव्य रहेको बताइएको छ। प्रहरीका अनुसार सो क्षेत्रमा करिब ५० जना व्यक्ति थिए। हालसम्म २३ जनाको उद्धार गरिएको छ।

रोयल क्यारिबियन नामक क्रुजले आफ्ना ३० भन्दा बढी पर्यटक सो क्षेत्रमा रहेको बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .