समाज


भ्रमण वर्ष सफल बनाउन सेनाका ८ कार्यक्रम

भ्रमण वर्ष सफल बनाउन सेनाका ८ कार्यक्रम

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ७:१९,

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि लिगलिगकोट दौडको आयोजना गर्ने भएको छ। सेनाले दाैत्य सम्बन्ध भएका मित्र राष्ट्रका बहालवाला सैनिक, अवकाश प्राप्त सैनिक र उनका परिवारकाे सहकार्यमा भ्रमण वर्ष सफल बनाउन ८ कार्यक्रम अघि सारेकाे हाे। 

सेनाले भ्रमण वर्षकाे अवसरमा वर्षभरी ८ विविध कार्यक्रम गर्नेछ। जसकाे मुख्य आकर्षण गाेरखाकाे  लिगलिगकाेट दाैड बनाएकाे छ। 

प्राचीन कालमा गोरखाको लिगलिगमा १३. ८ किलोमिटर दौडमा प्रथम भएपछि गोराखा राज्यको राजा हुने प्रचलन थियो। द्रव्य शाहले लिगलिगकोटको दौड जितेर गोराखाको राजाभएपछि यो दौड चर्चामा रहँदै आएको हो। गोरखाको लिगलिगकोटमा अहिले पनि यो प्रचलनको निरन्तरता रहँदै आएको छ। हरेक वर्ष यो दौडको आयोजन गरिन्छ र विजेतालाई प्रतीकात्मक रुपमा श्रीपेच लगाएर सम्मान गर्ने प्रचलन रहेको छ।

सेनाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर भ्रमण वर्षको अवसरमा लिगलिगकोट दौडको आयोजना गर्ने जानकारी दिएको हो। यो दौडमा अन्य छिमेकी देशका सेनाहरु पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ।

त्यस्तै सेनाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक वर्षे कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

सेनाले सगरमाथा आरोहण र सरसफाइ, प्यारागलाइडिङ, नेपाल म्याराथुन, जंगल सफारी र माउन्टेन ट्रेकिङ, पिस सेमिनार र रन फर फन, युनिफिकेसन ट्रैल ट्रेकिङ, ओपन एडभेन्चर स्पोर्टर्स कम्पिटिसन लगायतका कार्यक्रम गर्ने भएको छ। यी सबै कार्यक्रममा मित्रराष्ट्रका सेना सहभागी हुने जनाइएको छ।

सेनाले आयोजना गर्ने पिस सेमिनार र रन फर फनमा संयुक्त राष्ट्र संघका महासचिव वा उपमहासचिव सहभागी हुने सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .