ad ad

समाज


ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि बाँकेको कोहलपुर तनावग्रस्त

ट्रकको ठक्करबाट स्कुले बालिका घाइते  भएपछि बाँकेको कोहलपुर तनावग्रस्त

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ६:४९,

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका घाइते बनेकी छन्। 

आइतबार बिहान बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट एक  घाइते बनेपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो।

स्थानीय र विद्यार्थीहरुले बलिकालाई ठक्कर दिने ट्रकमाथि आगजनी गरेका छन् भने सडक अवरुद्ध समेत गरेका छन्।

बालिकालाई ठक्कर दिने ट्रकका चालकलाई संरक्षण गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुरमा ढुंगामुढा समेत गरेका छन्।

ढुंगाुमुढा गर्नेमाथि प्रहरीले लाठीचार्ज गरेपछि स्थानीवासी थप आक्रोशित बनेको र सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको छ। 

(यसअघि यस समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने हुन गएकोमा हामी क्षेमा पाचना गर्दछाैँ। बालिकाको मृत्यु नभई गम्भीर घाइते भएको ब्यहोरा जानकारी गराउँदै समचार सच्याएका छौँँ–सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .