समाज


आज काठमाडौंका मुख्य सडकमा गाडी नचलाउन आग्रह

आज काठमाडौंका मुख्य सडकमा गाडी नचलाउन आग्रह

नेपालखबर
मंसिर २१, २०७६ शनिबार १:८,

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत आज (शनिबार) बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेक सवारीसाधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।

शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेक सवारी नचलाउन महाशाखाले सूचना जारी गरी अनुरोध गरेको हो।

daud

म्याराथन दौड शनिबार बिहान ७ः०० बजे दशरथ रंगशालाबाट सुरु भई टेकु, कालिमाटी, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः फर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रंगशालामा पुगेर समापन हुनेछ।

उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेक सवारीसाधन नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

यस्तै शनिबार बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कलंकीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलंकी-कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ।

कलंकीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न महाशाखाका प्रमुख ढकालले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .