समाज


सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक होम ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक होम ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
साउन २, २०७९ सोमबार २०:३३, काठमाडौँ

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

ज्ञवाली मन्त्रीस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालको साधारण समूह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका हुन्।

त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ–आफ्नो ठाउँबाट पुर्‍याएको योगदानले सांगठनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना गर्दै कार्यसम्पादनमा जुट्नु पर्नेमा जोड दिए।

उनले सशस्त्र प्रहरी बल नेपालका कुनै पनि इकाइ तथा कर्मचारीहरूबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरू नआउने गरी पूर्ण व्यवसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतहरूलाई त्यसैअवसरमा निर्देशन दिए। 

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad