समाज


सुदूरपश्चिम प्रदेशमा बाढी आउने सम्भावना छ, सतर्क रहौं : बाढी पूर्वानुमान महाशाखा

सुदूरपश्चिम प्रदेशमा बाढी आउने सम्भावना छ, सतर्क रहौं : बाढी पूर्वानुमान महाशाखा

नेपालखबर
असार ९, २०७६ सोमबार ४:१७,

जल तथा मौसम पूर्वानुमान विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) बेलुका सुदूरपश्चिम क्षेत्रका खोला तथा नदीमा बाढी आउन सक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ।

महाशाखाले ट्विटमार्फत सूचना जारी गर्दै सुदूरपश्चिमका जलाधार क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाले त्यहाँ रहेका स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सजग रहन सल्लाह दिएको हो।

महाशाखाले आफ्नो ट्विट अकाउन्टमा लेखेको छ- ‘आज बेलुकादेखि भोलि बिहानसम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाटबट बहने साना नदी जलाधारहरूको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्छ, सतर्क रहौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad