ad ad

समाज


म बाँचुन्जेल चीनको रेल केरुङबाट काठमाडौँ आइपुग्दैन : विश्वप्रकाश शर्मा

म बाँचुन्जेल चीनको रेल केरुङबाट काठमाडौँ आइपुग्दैन : विश्वप्रकाश शर्मा

नेपालखबर
असार १५, २०७९ बुधबार १५:५०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन्। 

उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए। 

महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए। 

नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने पनि उनले बताए। 

नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए। 

महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताए। 

उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए। 

उनले चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने बताए।

‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन। हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ। आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ। सामाना लैजाउ बाटो दिन्छौँ। हामी गरिब राष्ट्र छौँ, तिमीहरूको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई भन्न सक्नुपर्छ। नेपालले ढुकुटीको पैसा लगानी गरेर वा सफ्ट लोन लिएर हामीले बनाउन सक्छौँ, भन्दै गर्दा सोच्ने भनेको मेचीदेखि महाकालीको रेल हो', उनले भने, 'अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेका छौँ, थाहा छैन कहाँबाट आउने हो? एउटै अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सकिएको थिएन। एकैपटक ४ वटामा पुग्यौँ। एउटापछि त २ वटामा जाने हो नि। हामी एउटाबाट दोस्रोमा जाने हो। तर किन सबैतिर गयौँ भन्दा हामीलाई एकैपटक चुनाव लाग्छ। सबैतिर दृष्टिकोण, भिजन छ भन्छौँ। पूर्वाधार विकासको सवालमा मिडियाले सस्तो लोकप्रियता नहेरी राजनीतिक नेतृत्व यो गर्न मिल्दैन भनेर लेख्नुहोस्।’

महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताए। 

डकुमेन्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरुले दिएको गलत सूचनाका कारण पनि जनता भड्किरहेकोले गलत सूचना प्रशारण गर्न नहुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .