ad ad

अपराध


भाउजु बलात्कार गरेर जलाउने भोजराजलाई आजीवन कैद माग

भाउजु बलात्कार गरेर जलाउने भोजराजलाई आजीवन कैद माग

नेपालखबर
असार १५, २०७९ बुधबार १५:३२, काठमाडौँ

दार्चुलामा भाउजुलाई बलात्कार गरेर जलाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई आजीवन कैदको माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएको हो। 

दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रतिक विष्टले पक्राउ परेका भोजराजविरद्ध तीन वटा कसुरमा मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको बताए। 

प्रहरीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र डाँका चोरी सम्बन्धी कसुरमा मुद्दा चलाउन राय दिएको छ। 

एकल महिला ४३ वर्षीया अनिभा खडायतको बलात्कारपछि जलाएर हत्या गरेको अभियोगमा ४२ वर्षीय भोजराज खडायत पक्राउ परेका थिए। एउटै गाउँका उनी अनिभाका देवर नाता हुन्। 

जेठ २५ गते दार्चुलाको शैल्यशीखर नगरपालिका १ बारीलमा जबरजस्ती करणी गरी टाउकोमा ढुंगाले हानी घाइते बनाइ जिउँदै आगो लगाएको प्रहरीले जनाएको छ। 

त्यसदिन बिहान ४ बजेतिर जरूरी काम परेको बहानामा बोलाएर घर नजिकै अनिभालाई बलात्कार गरेका थिए।

जबरजस्ती करणी गर्दा अनिभाले प्रहरीलाई खबर गर्छु भनेपछि ढुंगाले टाउकोमा हानी बेहोस बनाएको र सोही स्थानमा राखिएको खरले छोपी आगो लगाइ हत्या गरेको आरोप छ। हत्या गरिएकी महिलाले लगाएका गहना लुटेर उनी फरार भएका थिए।

घटनाको भोलिपल्ट भोजराजलाई बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट प्रहरीले पक्राउ गरेको थियो। असार १ गते सरकारी वकिल कार्यालयमा बयान गर्दा भोजराजले घटना स्वीकार गरेको सरकारी वकिल कार्यालयले जनाएको छ। 

घटनामा पक्राउ परेका अरु दुई जना भने छुटेका छन्। अघिल्लो दिन भोजराजसँगै रक्सी खाएका उनीहरुको घटनामा संलग्नता नरहेको खुलेपछि पहिल्यै छाडिएको डीएसपी बिष्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .