ad ad

समाज


अपांगता भएका व्यक्तिको मानवाधिकारको रक्षा गर्न आयोगको ध्यानाकर्षण

अपांगता भएका व्यक्तिको मानवाधिकारको रक्षा गर्न आयोगको ध्यानाकर्षण

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १५:३३,

राष्ट्रिय मानवाधिकार आयोगले अपांगता भएका व्यक्तिको मानवाधिकारका प्रश्नमा अझै समस्या रहिरहनु उपयुक्त नभएको ठहर गर्दै संघीय, प्रदेश तथा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ। विश्वभर हरेक वर्ष ३ डिसेम्बरलाई अन्तर्राष्ट्रिय अपांग दिवसका रुपमा मनाउँदै आएको सन्दर्भमा आयोगले अपांगमैत्री वातावरण निर्माण गरी मानवाधिकारको संरक्षण र परिपालन गर्न सरोकारवाला सबै पक्षसँग पुनः आग्रह गरेको छ।

आयोगले आफ्ना सिफारिस कार्यान्वयनको स्थितिका बारेमा गम्भीर रहेको तथा अपांगता भएका व्यक्तिका मानवाधिकारका प्रश्नमा अझै समस्या देखिनु दुःखद् रहेको जनाएको छ। आयोगले अनुगमन, अनुसन्धान तथा अध्ययन गरेका तथ्यका आधारमा सरकारलाई विभिन्न समयमा शहरी क्षेत्रका सबै सडक, भवन तथा अन्य भौतिक संरचना अपांगमैत्री हुने गरी निर्माण गर्न, अपांगता भएका व्यक्तिका परिचयपत्र नियमित र व्यवस्थित रुपमा प्रदान गर्न, अपांगता भएका व्यक्तिको एकिन तथ्यांक संकलन गरी सोहीअनुसारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरेको हो।

शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रका पहुँच कायम गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षण र सम्बद्र्धन गर्न सरकार तथा सरोकारवाला निकायलाई आयोगले यसअघि नै सिफारिस गरेको स्मरण गरेको छ। नेपाल अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को सन् २०१० मा पक्ष राष्ट्र भइसकेको स्मरण गर्दै उक्त महासन्धिको प्रावधान अनुसारको कर्तव्य अनुसरण गर्नसमेत आयोगले सम्बद्ध पक्षलाई ध्यानकर्षण गराएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .