ad ad

समाज


चन्द्रागिरीको जंगलमा अड्किएका तीन विदेशीको उद्धार

चन्द्रागिरीको जंगलमा अड्किएका तीन विदेशीको उद्धार

नेपालखबर
असार १२, २०७९ आइतबार १४:०, काठमाडौँ

शनिबारदेखि काठमाडौंको चन्द्रागिरी जंगलमा हराइरहेका तीनजना विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ। 

प्रहरी वृत्त थानकोटबाट गएको १० जनाको प्रहरी टोली टर्च, डोरी, स्ट्रेचरसहितका सामाग्रीसहित खोजीमा जुटेर उनीहरुको उद्धार गरेको हो। 

उद्धार गरिएकामा अमेरिका पोटोरिको घर भएका ३४ वर्षीय डग्लस रो, भारतको चण्डीगढ घर भएका ३० वर्षीय नवप्रीत डिलोन र भारतको मुम्बई घर भएका २९ वर्षीय माधव गुप्ता छन्। 

उनीहरुलाई थानकोटबाट करिब ७ किलोमिटर माथि जंगलस्थित थानकोट-चित्लाङ सडकखण्डको १०० मिटर तल भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

प्रहरीले उनीहरुलाई उद्धार डोरीसहितको सहयोगमा सकुशल उद्धार गरेर प्रहरी वृत्त थानकोटमा ल्याएर साथीहरुको जिम्मा लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .