ad ad

समाज


नेपाल प्रहरीमा एकसाथ चार महिला डीआईजी

एसएसपीमा छुटेका सिंह र राणाको डीआईजीमा फड्को
नेपाल प्रहरीमा एकसाथ चार महिला डीआईजी

उजिर कार्की
असार ९, २०७९ बिहिबार ८:४८, काठमाडौँ

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ चार जना महिला डीआईजी हुने भएका छन्। सरकारले बुधबार राति १७ डीआईजी बढुवाका लागि सिफारिस गर्दा चारै जना महिला एसएसपीहरु अटाएका हुन्। 

किरण बज्राचार्य छैठौं नम्बरमा सिफारिस भएकी छन्। मिरा चौधरी नवौं, १६ औं नम्बरमा दुर्गा सिंह र १७ नम्बरमा किरण राणा सिफारिस भएकी छन्। एकसाता उजुरी गर्ने समयपछि उनीहरुको बढुवा बारे निर्णय हुनेछ। 

उनीहरु २०५१ सालमा एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। एसपीसम्म चारै जना एकसाथ बढुवा भए। तर एसएसपी हुँदा सिंह र राणा झण्डै दुई वर्ष पछि परेका थिए। 

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, कुँवरको छलाङ (सूची)

२०७५ फागुनमा एसएसपी भएका १३ जना नै डीआईजीमा बढुवा हुँदा २०७७ वैशाखमा एसएसपी भएका मध्ये चार जना डीआईजीका लागि अटाउने अवस्था बन्यो। त्यसमा सरकारले २ जना महिलालाई अगाडी ल्याएको हो। 

पछिल्लो ब्याचको एसएसपी वरीयतामा पनि अन्तिमतिर रहेका सिंह र राणाले पुनः डीआईजीमा ब्याची भेटेका हुन्। अब उनीहरु २०८१ सालसम्म सेवामा रहनेछन्। यो ब्याचबाट आगामी चैतपछि एकजना आईजीपी बन्ने छन्। 

यसअघि नेपाल प्रहरीमा एकसाथ दुईजना डीआईजी भएका थिए। पार्वती थापा र बिमला थापा डीआईजीबाट अवकाश भएका थिए। त्यसपछि पूजा सिंह पहिलो पटक एआईजी भएकी हुन्। प्राविधिकतर्फ भने त्यसअघि पनि महिला एआईजी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .