ad ad

कला


आकाश पूजाको सम्बन्ध : बोलीमा एक रथका दुई पांग्रा, व्यवहारमा पानी बाराबार

आकाश पूजाको सम्बन्ध  : बोलीमा एक रथका दुई पांग्रा, व्यवहारमा पानी बाराबार

नेपालखबर
असार ९, २०७९ बिहिबार ८:४०, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा दर्शकले धेरै रुचाएका जोडी हुन् पूजा आकाश।

यिनीहरुले फिल्मदेखि म्युजिक भिडियोसम्म स्क्रिन शेयर गरे। पर्दामा रुचाएको जोडीलाई रियल लाइफमा देख्ने धेरै दर्शकको चाहना थियो ।

एक समय यिनीहरुको सम्बन्धलाई लिएर मनोरञ्जन उद्योगमा राम्रै चर्चा हुन्थ्यो। फिल्मदेखि म्युजिक भिडियो प्रमोसनमा सँगै देखिने पूजा र आकाशको सम्बन्ध निक्कै बलियो रहेको अनुमान गर्दै धेरैले तारिफ गर्थे। 

फिल्म प्रमोशनका लागि यी दुईले प्रेममा रहेको समेत भन्न भ्याए। भनिएको त्यो प्रेम, प्रेमनै थियो, अथवा फिल्म चलाउने फण्डा मात्रै त्यो उनीहरुनै जानुन्। तर अचेल रियलमा यी जोडीको बोलचाल समेत छैन। 

बोलचाल नभएपनि पूजा र आकाशले सँगै काम गरेका प्रोजेक्टहरुको काम भने बाँकी नै छ। उनीहरुको सम्बन्धको असर बाँकी रहेको प्रोजेक्टको काममा देखिएको छ। चलचित्र ‘सम्झना विर्सना’को गीत छायाँकनमा देखिएको असहजता गीत रिलिजमा पनि देखियो।

पूजाले सायद सम्बन्धमा आएको दरारले आफ्नो व्यवसायिक जीवनमा परेको घाटा बुझिसकेकी छिन्। उनले ‘सम्झना विर्सना’को गीत रिलिज कार्यक्रममा आफूहरु नबोल्दा आफैँलाई घाटा भएको बताइन्। दर्शकले आकाश र पूजाको जोडी नै चाहेको भन्दै एकसाथ काम नगर्दा दुबैलाई घाटा भएको बताइन। 

उनले मिडियामा आएका सबै खबर झुटो भएको समेत भन्न भ्याइन।

आकाश र उनको सम्बन्धमा कुनै चिसोपन नआएको उनको तर्क थियो। आकाशले पनि व्यवसायिक जीवनमा परेको असर बुझेको हुनुपर्छ।

केही दिन अघिसम्म एकअर्काको नाम नै लिन नरुचाउने आकाशले आफूहरुको जोडी दर्शकले मन पराएको भन्दै अलग हुनै नसक्ने तर्क गरे। आकाशले आफूहरु एक रथका दुई पांग्रा भएको समेत बताए। 

पूजा र आकाशले व्यवसायिक जीवनको नाफा घाटा हेरेर सम्बन्ध राम्रो रहेको बताइरहँदा उनीहरुको बिग्रिएको सम्बन्ध भने धेरै पटक उद्योगमा देखिएको छ।

यी दुईले नयाँ प्रोजेक्टमा सँगै काम नगरेको थुप्रै भइसक्यो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .