समाज


ललितपुर महानगरभित्रको सामुदायिक वन ‘बालकुमारी’ मा नयाँ नेतृत्व

ललितपुर महानगरभित्रको सामुदायिक वन ‘बालकुमारी’ मा नयाँ नेतृत्व

नेपालखबर
असार ५, २०७९ आइतबार १८:३२, काठमाडौँ

ललितपुर महानगर भित्र रहेको बालकुमारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा किशोर कुँवर निर्विरोरोध निर्वाचित भएका छन्।

संघको साधारण सभाले कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

कार्यसमितिको उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सहचिवमा क्रमशः देवकुमार थापा, रेश्मा थापा, घनश्याम थापा मगर र भगवती थापा चयन भएका छन्। 

सदस्यहरुमा अञ्जु कुँवर, दीपक महर्जन, दिलीपकुमार केसी, गंगा खड्का,सुरेश थापा, अस्मिता बोगटी, दीपेश घले गुरुङ र हरी कुँवर चयन भएका छन्।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर १८का अध्यक्ष दामोदर खड्काले महानगरको एकमात्र सामुदायिक वनक्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए।

२०३४ सालमा स्थापना भएको सामुदायिकक वन करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad