ad ad

समाज


दुबईका राजकुमारबाट उपहार पाएको ‘सुनको लौरो’ राज्यलाई दिन्छु : दुर्गा प्रसाई

दुबईका राजकुमारबाट उपहार पाएको ‘सुनको लौरो’ राज्यलाई दिन्छु : दुर्गा प्रसाई

बीएन्डसी मेडिकल कलेजका सञ्चालक एवम् व्यवसायी दुर्गा प्रसाई। तस्बिर सौजन्य : भुमराज तिवारी


नेपालखबर
असार ५, २०७९ आइतबार १३:४१, काठमाडौँ

व्यवसायी एवम् बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले दिएको ‘सुनको लौरो’ राज्यलाई उपहार दिने बताएका छन्। 

झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानीका क्रममा उनले दुबईका राजकुमारले दिएको लौरो सुनको भनेर चर्चा भइरहँदा त्यसबारे आफू अनभिज्ञ रहेको  बताएका छन्। 

'मलाई दिएको उपहार हो त्यो, सुनको हो कि के को हो सोध्ने कुरो भएन', उनले भने, 'तर पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु। एयरपोर्टमा लिएदेखि हेरेको पनि छैन।'

उनले उपहारमा आएको उक्त लौरोको धेरै चर्चा भएपछि त्यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि कुरा गरेको बताएका छन्। 

'धेरै लौरो लौरो भनेर आइसकेपछि मैले गृहमन्त्रीलाई राज्यलाई चाहिन्छ भने दिन्छु भनेको छु', उनले भने, 'गृहमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर लिन्छु भनेका छन्, त्यसैले म दिन्छु।'

उनले अरु नेताहरु जस्तो आफू विदेशमा पैसा लुकाउँदै हिँड्ने मान्छे नभएको पनि बताएका छन्। 'अरु कसैले लौरो पाएको होइन, म यो राज्यलाई दिन्छु। म विदेशमा पैसा लगेर राख्ने मान्छे होइन', उनले भने, 'मेरा बिजनेस पार्टनर पनि रहेका दुबईका राजकुमारले दिएको लौरो राज्यलाई दिन मलाई कुनै समस्या हुँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .