ad ad

ग्लोबल


बिहारमा एयरपोर्टबाट उड्नासाथ विमानमा आगो, पटनामा आकस्मिक अवतरण

बिहारमा एयरपोर्टबाट उड्नासाथ विमानमा आगो, पटनामा आकस्मिक अवतरण

नेपालखबर
असार ५, २०७९ आइतबार १३:३४, काठमाडौँ

बिहारको राजधानी सहर पटनामा १८५ मानिस सवार विमानमा आगलागी भएको छ।

बिहारको पटनाबाट दिल्लीतर्फ गइरहेको विमानमा आगलागी भएको हो। भारतीय समाचार संस्था एएनआईका अनुसार स्पाइस जेटको विमान उडान भर्ने समयमा विमानमा आगलागी भएको थियो। त्यसपछि विमानलाई आपतकालीन अवतरण गराइएको थियो। 

पटना विमानस्थलका अधिकारीहरुका अनुसार विमानका सबै यात्रु सुरक्षित छन्।

उनका अनुसार विमानको बायाँ पंखामा आगलागी भएको हो। जमिनमा रहेका मानिसहरुले विमानमा आगलागी भएको देखेका थिए। 

अहिलेसम्म विमानमा प्राविधिक समस्याको कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि यस विषयमा अहिले अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .