ad ad

समाज


भेरी नदीमा जिप खस्दा दुई जनाको मृत्यु

भेरी नदीमा जिप खस्दा दुई जनाको मृत्यु

नेपालखबर
असार ५, २०७९ आइतबार ६:४९, रुकुमपश्चिम

रुकुमपश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

रुकुमपश्चिमको राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ चिसापानीबाट भेरी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दुर्घटनामा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का रहेका रहेका प्रहरीले जनाएको छ।

तीव्र गतिको कारण जिप दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। जिपमा चालक र सहचालक मात्रै रहेका प्रहरीले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .