सुर्खेतको गुर्भाकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार ना ४ ख ९७६१ नम्बरको ट्रक गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुखेतका का प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार दुर्घटनामा ट्रकका चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ का २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोटको नलगाढ नगरपालिका(१२ घर भएका २४ वर्षीय मिलन गुरूङको मृत्यु भएको हो।
ट्रक सडकबाट करिब ५० मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। उनीहरुको शव ट्रकमुनी च्यापिएको अवस्थामा फेला परेको थियो।
27
Shares
प्रतिक्रिया