रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका-१ समनपुर बस्ने बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी रहेकी छन्।
शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ।
उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
78
Shares
प्रतिक्रिया