ad ad

समाज


किशोरीमाथि यौनहिंसा : मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता, १८ वर्ष कैद माग

किशोरीमाथि यौनहिंसा : मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता, १८ वर्ष कैद माग

नेपालखबर
असार १, २०७९ बुधबार १७:१३, काठमाडौँ

सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको छ।

सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा फरक दुईवटा अभियोगमा मुद्दा दर्ता गराएको हो।

पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचविखन दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। 

पाण्डेलाई अधिकतम् १५ वर्ष कैद सजाय मागसहित मुद्दा अघि बढाइएको पौडेलले बताए। 

दोषी ठहर भएमा यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। 

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडिओ सार्वजनिक गरेकी किशोरीले गत सोमबार मानव बेचबिखनको कसुरमा जाहेरी दिएकी थिइन्। 

उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। 

त्यसपछि परेको दबाबबीच पाण्डे पक्राउ परेका थिए। जबरजस्ती करणीको एक वर्षे हदम्याद कटेका कारण पाण्डेविरुद्ध प्रहरीले मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको थियो। 

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार अदालतले म्याद लिनुपूर्व पीडितलाई अदालतमै उपस्थित गराएर बयान गराउनुपर्ने व्यवस्था छ।

पाण्डेविरुद्धको कसुरमा पनि मुख्य प्रमाण नै पीडितको बयान मानिएको छ। घटना ८ वर्ष पहिलेको भएकाले यो घटनामा प्रहरीले लामो अनुसन्धानपछि मिसिल सरकारी वकिललाई बुझाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .