ad ad

समाज


हावाहुरीबाट घाइतेको उपचार व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

हावाहुरीबाट घाइतेको उपचार व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

नेपालखबर
जेठ २८, २०७९ शनिबार २२:३१, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको बर्दियालगायत जिल्लामा हावाहुरीका कारण विभिन्न संरचना क्षति हुँदा घाइते भएकाको उपचार व्यवस्था गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायव महानिरीक्षक कुलबहादुर नेम्वाङ, बर्दियाका प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई यथाशीघ्र उपचारका लागि अस्पताल पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएका हुन्। 

हावाहुरीका कारण बर्दियाको मधुवन नगरपालिका ७ का १२ वर्षीय अमृत थापाको निधन भएको बर्दियाका प्रजिअ बास्तोलाले जानकारी दिए।

हावाहुरीले घाइते दुईजनालाई गुलरिया अस्पतालमा उपचारपछि थप उपचारमा नेपालगन्ज पठाइएको छ। 

अहिले ६ जनाको गुलरियामा उपचार भइरहेको छ । ५ घरमा क्षति भएको जानकारी आएको प्रजिअ बास्तोलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .