नुवाकोटको ककनीबाट नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमा चढेका प्रेम विक 'माइला' लाई नेपाली सेनाले उद्धार गरेको छ।
शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका विकलाई साँझ ७ बजेपछि नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेर उतारेको हो।
चारजना सैनिकले उनलाई फकाएर तारबाट निकालेपछि हेलिकोप्टरमा चढाएका थिए।
त्रिशुली-३ 'ए' जलविद्युत् आयोजनाको प्रसारण लाइनमा चढेर झुण्डिएको अवस्थामा भेटिएका माइलालाई सेना करिब ८ घण्टापछि उद्धार गरेको हो।
माइलाको उद्धारका लागि नेपाली सेनाको श्री विशेष फौज बाहिनीबाट खटिएका कम्पोजिट क्विक रियाक्सन टिमका ४ जना सैनिकले सकुशल उद्धार गरेका हुन्।
उद्धारपछि प्रहरीको संरक्षणमा रहेका विकलाई काठमाडौं पठाउन लागिएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए।
विकलाई काठमाडौंको तारकेश्वरमा अवस्थित ‘नवजीवन’ संस्थाको संरक्षणमा राख्न लागिएको हाे।
Shares
प्रतिक्रिया