ad ad

समाज


नेकपा कार्यकर्ताद्वारा पत्रकारमाथि गरिएकाे दुर्व्यवहाप्रति महासंघको आपत्ति

नेकपा कार्यकर्ताद्वारा पत्रकारमाथि गरिएकाे दुर्व्यवहाप्रति महासंघको आपत्ति

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ८:४७,

नेपाल पत्रकार महासंघले शनिबार भएको उपनिर्वाचनका क्रममा चितवनमा समाचार संकलन गरिरहेका पत्रकारमाथि नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

महासंघ चितवन शाखाका कार्यसमिति सदस्य तथा कालिका मिडियाका समाचार प्रमुख राजु सापकोटालगायतका पत्रकारमाथि नेकपाका कार्यकर्ताले दुव्र्यवहार गर्दै क्यामेरामा कैद गरिएको सामग्री मेटाइदिएको महासंघले जनाएको छ।

चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १६ को श्री मावि ढड्डाघारी मतदान केन्द्रमा समाचार संकलनका क्रममा भोजभतेर लगायतका गतिविधि क्यामेरामा कैद गरिरहेका पत्रकार सापकोटालाई सत्तारुढ दलका कार्यकर्ताले दुव्र्यवहार गर्दै जबर्जस्तीरुपमा सामग्री डिलिट गराएका थिए। उनीहरुले पत्रकारद्वय महेन्द्रराज श्रेष्ठ र कृष्ण सुनुवारको क्यामेरामा कैद गरिएको सामग्री पनि डिलिट गराएका थिए। पत्रकारमाथि दुव्र्यवहार र सामग्री मेटाउने काम हुँदा चितवनका एसपी दानबहादुर मल्ल र सुरक्षा प्रमुखहरु मुखदर्शक बनेको महासंघको दाबी छ।

जिम्मेवार पार्टीका कार्यकर्ताबाट संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई गरिएको दुव्र्यवहार र क्यामेरा कैद गरिएको सामग्री मेटाएको यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारको हनन् भएको महासंघको ठहर छ। महासंघले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दै महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .