समाज


जनकपुरमा एक हप्तादेखि बेपत्ता बालकको हत्या

जनकपुरमा एक हप्तादेखि बेपत्ता बालकको हत्या

शैलेन्द्र महतो
जेठ २४ , जनकपुरधाम

जनकपुरमा एक हप्तादेखि बेपत्ता बालकको हत्या भएको अवस्थामा शव फेला परेको छ। गत जेठ १७ गते बेपत्ता भएका सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियाशरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीको हत्या भएको हो। 

बालकको शव धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ पर्ने वसविट्टी स्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा फेला परेको हो। 

गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले  बलवा प्रहरी चाैकीमा खाेजी गर्नका लागि अनुराेध गरेका थिए। 

खाेजी गर्ने क्रममा सोमबार राति झाडीमा बालककाे शव फेला परेको हो। बेपत्ता लगतै उनको हत्या भएकाे प्रहरीको अनुमान छ। 

गरिबीका रेखामुनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन वितराइरहेका छन्। केही महिनादेखि मृतक बालकका आमबुबासहित केही छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन्।

बालकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ। घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जेठ २४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.