अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा शनिबार एक किशोर मृत भेटिएको घटनालाई लिएर भएको प्रदर्शनपछि तनाव भएको छ।
गत जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाही नजिकैको भीरमा शनिबार मृत भेटिएका थिए।
शाहीको जिल्ला प्रहरी प्रमुख र त्यहाँकी मेयरकै संरक्षण पाएकाहरुले हत्या गरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका थिए।
त्यस क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।
'प्रदर्शनकारीले प्रहरीलाई घटनास्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले', मरासिनीले भने, 'बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको छ।'
गत वैशाख ३० गते भएको स्थानीय चुनावमा त्यस क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झडप भएको थियो।
यही जेठ १७ गते पनि त्यस क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो। मृतक एमालेनिकट किशोर रहेको खुलेको छ।
'एकअर्कामा आरोप-प्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ', प्रजिअ मरासिनीले भने, 'चुनावका विषयलाई लिएर त्यस क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो। यसमा पारिवारिक झगडा पनि जोडिएको भन्ने आएको छ।'

Shares

प्रतिक्रिया