समाज


विश्वराज पोखरेलले इजलासमा भने : अवकाशमा जानुअघि नै मलाई न्याय मिलोस् श्रीमान्!

विश्वराज पोखरेलले इजलासमा भने : अवकाशमा जानुअघि नै मलाई न्याय मिलोस् श्रीमान्!

फाइल फोटो


नेपालखबर
जेठ १७, २०७९ मंगलबार १२:५६, काठमाडौँ

नेपाल प्रहरीको आईजीपी बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका एआईजीपी विश्वराज पोखरेलको रिटमाथि मंगलबार पनि सुनुवाइ हुन सकेन। 

एआईजी बढुवाविरुद्ध रिट हालेर पनि रिटायर्ड भइसकेका डीआईजीहरुको मुद्दा पनि आफ्नो सँगै राखेर हेरिने भएको छ। 

रिटायर्ड डीआईजी ईश्वरबाबु कार्कीसहितको रिट पनि एकै ठाउँमा राखेर हेर्ने भनिएपछि आफ्नो रिटमा मंगलबार पनि सुनुवाइ हुन नसकेपछि पोखरेलले अवकाशमा जानुपहिले नै न्याय दिन भनेका हुन्। 

सर्वोच्चले विश्वराज पोखरेलको रिट र रिटायर्ड भइसकेका अन्य तीनजना डीआईजीको रिट सँगै राखेर हेर्ने गरी निर्णय लिइसकेको छ।

यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाइ न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुँडालको इजलासमा परेको थियो। 

उक्त रिटमा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु हुने गरी गोलाप्रथाबाट पेसी न्यायाधीशद्वयको इजलासमा परेको थियो। तर तीन डीआईजीको रिट पनि पोखरेलको रिटसँगै राखिएपछि मंगलबारको पेसीमा हेर्न नमिल्ने भएको हो। 

मंगलबार पनि आफ्नो रिट हेर्न नमिल्नेमा गएपछि पोखरेलले आफूलाई मार परेको गुनासो इजलासमै गरेका छन्।  

'श्रीमान् अर्को रिट पनि सँगै राख्दा म त मारमा परेँ', उनले मंगलबार इजलासमा भने, 'म आगामी साउन २० गते अवकाशमा जाँदैछु। मलाई त्यसअघि नै सर्वोच्चले न्याय दिनुपर्‍यो।'

उनले आफूले न्याय पाउने आश नमारिदिन पनि आग्रह गरे। 'मैले न्याय नपाउने अवस्था नआओस् भनेर पहिले पनि भनिसकेको छु', उनले भने, 'कम्तीमा पदमै हुँदा मलाई न्याय मिलोस् भन्ने आशा गरेको छु।'

गत वैशाख १८ गते सरकारले धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि एआईजी पोखरेलले रिट दायर गरेका थिए। 

आफू सिंहभन्दा पहिले एआईजी भएकाले वरिष्ठताका आधारमा आईजीपी हुनुपर्ने जिकिर पोखरेलले रिटमा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .