ad ad

समाज


विमान खोज्न पोखराबाट उद्धारकर्मीसहित सेनाको हेलिकप्टर मुस्ताङतिर

विमान खोज्न पोखराबाट उद्धारकर्मीसहित सेनाको हेलिकप्टर मुस्ताङतिर

नेपालखबर
जेठ १५, २०७९ आइतबार १४:५, काठमाडौँ

बेपत्ता विमानको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर पोखराबाट उडेको छ।

मौसममा पूर्ण सुधार आइन सके पनि सेनाको हेलिकप्टर मुस्ताङको लेतेतर्फ उडेको गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले जानकारी दिए। 

उद्धारकर्मीसहितको हेलिकप्टर यसअघि खराब मौसमका कारण पोखरा विमानस्थलमा अवतरण गरेको थियो। 

यस्तै  मुस्ताङको घासा पोष्टबाट नेपाली सेनाको टोली पनि लेतेतर्फ लागेको छ। सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। लेते आसपास विमान दुर्घटनामा परेको आशंका गरिएको छ। अहिलेसम्म आधिकारीक पुष्टि भइसकेको छैन। 

जोमसोममा पनि फिस्टेल एयरको हेलिकप्टर खोजीका लागि तयारी अवस्थामा छ। यसअघि जहाज बेपत्ता भएको आसपास पुग्न नसकेपछि हेलिकप्टर जोमसोम विमानस्थल नै फर्किएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .