नेपाल अन्तर्राष्ट्रिय बाँस तथा निगालो संगठनको उपाध्यक्ष चुनिएको छ।
शुक्रबार बेइजिङमा भएको संगठनको ११ औँ परिषद् बैठकले क्यामरुनलाई अध्यक्ष बनाएको छ।
सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपाल यो संगठनको उदेश्य पूरा गर्न प्रतिबद्ध रहेको बताए। उनले नेपालको बाँस तथा निगालोका उत्पादनको महत्वको चर्चा गर्दै नेपालले अर्थतन्त्र, जनजीवन र संस्कृतिमा यी उत्पादनलाई प्रवद्र्धन गरिरहेको जानकारी दिए।
राजदूत पौड्यालले सरकारले बाँस तथा निगालोको प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम लागू गरेको जानकारी पनि दिए।
यो संगठन सन् १९९७ मा गठन भएको थियो। नेपाल यसको संस्थापक सदस्य हो। संगठनमा हाल ४७ सदस्य राष्ट्र छन्।
6
Shares
प्रतिक्रिया