समाज


चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट  एकको मृत्यु

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १०:१३,

पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नम्बरको मोटरसाइकलको पछाडी सवार २८ वर्षीय पुरुष व्यक्ति रहेका छन्। उनको नामथर खुल्न सकेको छैन। सोही मोटरसाइकलका चालक गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad