काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटा घुससहित पक्राउ परेका छन्।
बास्कोटाले घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनलाई लक्ष्मीनारायण मन्दिरको परिसरबाट बुधबार रङ्गेहात नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया