समाज


अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने १९ जनाकै सनाखत

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने १९ जनाकै सनाखत

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ८:४६,

बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको सनाखत भएको छ।

 दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो। दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ। उपचारपछि दुई घर फर्किएका छन्।
मृत्यु हुनेहरुको नामावली

शिवलाल भट्टराई (५६) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
माया पुरी (२२) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
बलराम भट्टराई (५४) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
शोभाखर पोख्रेल (३ महिना) वाणगंगा नगरपालिका ७ कपिलवस्तु
सीता बस्नेत (२७) वाणगंगा नगरपालिका ८ कपिलवस्तु
छविलाल गैरे (५४) सन्धिखर्क नगरपाकिला–१०
मोनिका खड्का (९) सन्धिखर्क नगरपाकिला–७
वसन्त भन्ने ओमबहादुर थापा (सवारी चालक, ३२) गुल्मी मदाने गाउँपालिका
शैलैस थापा (२२) भूमिकास्थान नगरपालिका ९ अर्घाखाँची
सन्तबहादुर बस्नेत (३८) सितगङ्गा नगरपालिका–२
राजकुमार महत, (२७) धुर्कोट गापा २ गुल्मी
सीता कुमारी सार्की (५९) सन्धीखर्क नगरपालिका २
सीता घिमिरे (५०) भुवनेश्वरी नगरपालिका ९
विष्णुमाया गैरे (५०) भुवनेश्वरी नगरपालिका ९
मघनाथ जैसी भण्डारी (५१) भुवनेश्वरी नगरपालिका ७
मञ्जु विक (१५) सीतागंगा नगरपालिका १
कृष्णबहादुर सुनार (४२) छत्रदेव गापा ८
लोकबहादुर दर्जी (४८) सीतागंगा नगरपालिका ७
हरिबहादुर दर्जी (५५) सीतागंगा नगरपालिका ७

  दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ। उपचारपछि दुई घर फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad