कारोबार


प्रभु बैंकको ऋणपत्रका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

प्रभु बैंकको ऋणपत्रका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ८:४४,

प्रभु बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको आठ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको प्रभु बैंक डिबेञ्चर–२०८४ निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टेमेण्ट बैंकिङ्ग लि. का  प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी २ अर्ब बराबरको प्रभु बैंक डिबेञ्चर–२०८४ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो। १ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लि. निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको २ अर्ब बराबरको प्रभु बैंक डिबेञ्चर–२०८४ को ट्रष्टीको रुपमा पनि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौतामा आजै हस्ताक्षर भएको हो। नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् प्रभु बैंक डिबेञ्चर–२०८४” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ।

यसअघि प्रभु बैंकले प्रभु बैंक लि. निष्काशन गरेको रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी निष्काशन गरेको रु. १ अर्ब बराबरको “१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्रले आईसीआरए नेपाल लिमिटेडबाट न्यून कर्जा जोखिम ‘आईसीआरए एल–बीबी’ रेटिङ्ग प्राप्त गरेको थियो ।

उक्त ऋणपत्र माग गरेको भन्दा बढि मात्रमा खरिदका लागि आवेदन परे पछि विक्री अवधि समाप्त हुनु अगावै बन्द भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .